नेपाली सेनाको वख्तरवन्द गाडीहरुले चक्रपथ परिक्रमा गर्दै

Headlines समाचार

१९ माघ काठमाडौं । नेपाली सेनाको वख्तरवन्द गाडीहरु अहिले राति चक्रपथमा निस्किएका छन् । वख्तरबन्द गाडीहरुले काठमाडौंको चक्रपथमा राति चक्कर लगाउने नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले गाडीहरुले माघ १९ को राति चक्रपथको चक्कर लगाउने जानकारी गराइसकेका छन् ।

सेनाले यसलाई नियमित अभ्यास भनेको छ । देशको पछिल्लो राजनीतिक संकटका कारण जनमानसमा भ्रम पैदा हुनसक्ने भन्दै सेनाले यसबारे अग्रिम जानकारी गराएको हो ।

सेनाको वख्तरवन्द २१ गते देशका विभिन्न स्थानहरुमा निकालिनेछन् । प्रमुख शहरहरुमा वख्तरवन्द निकालिने भएका हुन् । ८ वटै पृतना अन्तर्गतका मेकानाइज्ड युनिटहरुबाट वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सेनाले जनाएको छ ।