क्लव प्लाटिनम खुल्दै, सविन राईको दमदार प्रस्तुति रहने

मनोरन्जन समाचार

१४ माघ, काठमाडौं । नेपालका मुख्य शहरहरूमा क्लब खुल्ने क्रम बढेको छ । क्लव गएर मनोरञ्जन लिनु युवायुवतीहरूको मुख्य रोजाईको विषय वन्न पुगेको छ। नेपालमा क्लव कल्चर स्थापित भईसकेको छ।

काठमाण्डौको दरबारमार्गमा पनि सुविधाा सम्पन्न क्लव संचालनमा आउन लागेको छ र यहि फ्रेवुअरी ५ देखि क्लब प्लाटिनम संचालनमा ल्याईने क्लवका संचालकले वताएका छन्।

क्लब संचालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुती दिने संचालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली यूवायूवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतीमा दर्शक झुम्ने आशा संचालकको छ ।

क्लब प्लाटिनम कोरोना महामारी अगाडि पनि सामान्य ढंगले संचालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका संचालकले यसलाई नयाँ ढंगले निर्माण गर्ने मौका भने पाए ।

नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

अर्का संचालक छेतन लामाका अनुसार, ग्राहकलाई गुणस्तरीय सेवा र भरपुर मनोरन्जन दिलाउने क्लवको मुख्य उदेश्य रहेको छ। साथसाथै वजारमा क्लब प्रतिको धारणामा समेत परिवर्तन ल्याईने पनि लामाले वताएका छन्।