निर्वाचन आचारसंहिता नजिकिदै गर्दा सचिव र सहसचिवहरुको ब्यापक सरुवा

Headlines समाचार

१२ माघ, काठमाडौँ । माघ १७ बाट निर्वाचन आचारसंहिता लाग्ने भएकाले सरकारले सचिव र सहसचिवहरुको ब्यापक सरुवा गरेको छ ।

सचिवहरुको सरुवा यसअघि नै भैसकेको तर गुपचुप राखिएको थियो । दुई सचिवको बारेमा कुरा नमिलेकाले सार्वजनिक नगरिएको स्रोतले बताएको छ ।

सचिवहरुको सबभन्दा आकर्षक मानिने गृहमन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा भएको स्रोतको दाबी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिबमा अर्जुन पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिबमा तोयम राया र निर्वाचन आयोगको सचिबमा सुरेश अधिकारी सरुवा भएको स्रोतको दावी छ ।