एल आई सी नेपालले दियो मृत्युदाबी भुक्तानी

समाचार

१० माघ, चापाकोट। एल. आई. सी. (नेपाल) वालिङ शाखाले ३४ बर्षको उमेरमा दुर्घटनाबाट असामयिक निधन भएका चापाकोट-०९ बस्ने स्व. भानुभक्त गैरे को परिवारलाई मृत्युदाबी बाफतको रु. ५,८८,५१०/- बराबरको चेक हस्तान्तरण गरेको छ । उनको गत भाद्र १४ गते सवारी दुर्घटनाबाट असामयिक निधन भएको थियो ।

स्व. भानुभक्त गैरे को श्रीमती पबित्रा पोखरेल गैर लाई शनिबार उनकै घरमा पुगेर उक्त वडाका वडाअध्यक्ष शंकर भक्त भण्डारी ज्युको प्रमुख आतिथ्यमा एल. आई. सी. (नेपाल) वालिङ शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर रुक बहादुर गुरुङ सफल अभिकर्ताहरु औ बहादुर गुरुङ, रबिन्द्र कुमार गुरुङ तथा अमृत भण्डारी लगायतको टोलीले उक्त रकम बराबर को चेक एक कार्यक्रम बीच हस्तान्तरण गरेका हुन् ।

स्व. गैरे ले विगत तीन वर्ष पहिले एल. आई. सी. (नेपाल) को वालिङ शाखाबाट रु ५,००,०००/- को जीवन बिमा अभिकर्ता अमृत भण्डारी मार्फत गराएका थिए ।