विप्लव समुहका दाेस्राे नेता बास्ताेल पक्राउ

Headlines समाचार

१ माघ, काठमाडाैं । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।

विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको प्रहरी अधिकारीले पुष्टि गरे ।

नेता बास्ताेला मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का नेता विवेक कुमाललाइ पनि पक्राउ गरेकाे छ ।