वयलगाढे चिन्तनलाई धुलो चटाएर छाडिन्छ: सुदेश पराजुली

राजनीति समाचार

२७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पाटी नेकपा को भातृ संगठन अनेरास्ववियूका प्रभावशाली युवा विद्यार्थी नेता सुरेश पराजुलीले असंवैधानिक कदमका विरुद्ध दैलेख जिल्लाको युवा विद्यार्थी एक हुन आग्रह समेत गरेका छन् र वयलगाढे चिन्तनलाई धुलो चटाएर देखाउने चेतावनी दिएका छन्।

दैलेखको दुल्लुमा भएको विरोध प्रदर्शन लाई सम्बोधन गर्दै संसद विघटनपछि नेकपा कार्यकर्ताको दायित्व विषयमा बोलेका थिए । नेता पराजुलीले भने, प्रधानमन्त्री ज्यू ले २०४७ सालको संविधान हातमा लिएर असंवैधानिक कदम चालेका हुन ।

संघीय व्यवस्थाको कार्यान्वयन, समृद्ध नेपाल र सुखी नेपाली जस्ता थुप्रै सपनाहरु साँचेर झण्डै दुई–तिहाई बहुमत जनमत पाएको बेला दलभित्र आफ्ना कार्यशैलीप्रति प्रश्न उठेकै विषयमा प्रधानमन्त्रीले संविधान लाई नै” कु” गरेका छन् ।

संसद विघटन र अराजनैतिक क्रियाकलाप बिरुद्ध उनी संसदीय दलको नेता भएको दलका कार्यकारिणी कमिटीको बहुमत समूह आन्दोलनमा छ।