२३ पुस, एजेन्सि। अमेरिकी संसदले राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता दिएको छ । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा कोलाहल मच्चाएको केही समयपछि संसदले बाइडेनको जितलाई प्रमाणिकरण गरेको हो ।
अमेरिकी राष्ट्रपतिको निर्वाचनमा बाइडेनले ३ सय ६ इलेक्टोरल कलेज भोट पाएर विजयी भएको संसदले घोषणा गरेको छ । उनका प्रत्यासी वर्तमान राष्ट्रपति ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज भोट पाएका थिए ।
घोषणा हुनुअघि ट्रम्प समर्थकले संसद भवनमा हमला गरेका थिए । उक्त आक्रमणमा परी एक महिलासहित ४ जनाको ज्यान गएको छ । आक्रमणपछिको अवस्थालाई नियन्त्रणमा लिएपछि बसेको बैठकले बाइडेनको जित प्रमाणित गरेको हो ।