२३ पुस, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काठमाडौं जिल्ला सेक्रेटरीसहित ३ जनालाई प्रहरीले पक्रेको छ । महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरीले टोखा नगरपालिका–११ बाट काठमाडौं जिल्ला सेक्रेटरी भिमसेन घिमिरेलाई पक्राउ गरेको हो ।
जिल्ला समितिका सदस्य हरिबहादुर चन्द र पार्टी सदस्य वीरेन्द्र शाहीलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी प्रमेश विष्टले बताए ।
बुधवार पक्राउ परेका विप्लव समूहका कार्यकर्तालाई प्रहरीले चन्दा लिएको कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले ठुलो परिमाणमा चन्दा रसिद, लेटर प्याड र पैसा लिएको हिसाव उल्लेखित डायरी बरामद गरेको छ ।