२० पुस, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मुम्बई प्रस्थान गरेका छन् । श्रीमती सीता दाहाललाई थप उपचारका लागि प्रचण्ड मुम्बई प्रस्थान गरेका हुन् ।
तीन दिनअघि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचारपछि घरमै आराम गरिरहेकी दाहाललाई थप उपचारका लागि मुम्बई लैजान लगिएको हो । सीताको यसअघि पनि अमेरिका, सिंगापुर र भारतमा उपचार भएको थियो ।
पछिल्लो समय सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि मुम्बई गएका हुन् । आज पनि जारी नेकपा स्थायी समितिको बैठक भने अर्का अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्नेछ ।