बैंक खाता रोक्का गर्न प्रचण्ड माधब समुहको पत्राचार

Top Post अर्थ राजनीति

१५ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न आग्रह गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले नेपालका बैंकहरुलाइ पत्राचार गरेका छन् । इमेलमार्फत पत्र पठाउदै पार्टीभित्र विवाद रहेको र सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएको भन्दै उनीहरुले पत्राचार गरेका छन्।

पत्रमा प्रचण्ड र माधव नेपालले हस्ताक्षर गर्नुभएको छ भने सो बिषय बारे बैंकले निर्णय गर्न नसकिने भएकाले राष्ट्र बैंकमा जानकारी गराएका छौं, एक बैंकका सीइओले बताए।

नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंकहरुलाई पत्राचार गरेको पुष्टि गरे । उनका अनुसार पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुंगो नलागुञ्जेलसम्म रोक्का राख्ने निर्णय अघिल्लो साता बसेको केन्द्रीय कमिटी बैठकले गरेको थियो । केन्द्रीय कमिटीको निर्णयपछि कार्यालयले पत्राचार गरेको हुनसक्ने उनले बताए ।