नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार ८ सय ४७ पुग्याे

समाचार स्वास्थ्य

१५ पुष, काठमाडौं । नेपालमा एकै दिन थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ४७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना संक्रमितको मृत्यु भएको थियो।

गत २४ घण्टामा ५ हजार १ सय १० जनाको पिसिआर परीक्षण भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख २६ हजार ४ सय ७७ पुगेको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।