मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै सर्वोच्चमा रिट दायर

Top Post राजनीति समाचार

१३ पुष, काठमाडौँ। प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गर्दै आज रिट दायर गरेका हुन् ।

अधिवक्ता ओलीले आफूहरुले रिट दायर गरेको र पर्सी १५ गते बुधबार पेसी तोकिएको बताए । सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुसमा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।