पछिल्लो ३ दिनमा मौसम परिबर्तन भई आंशिक बदली तथा बाक्लो हुस्सु लाग्ने

Top Post समाचार

११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् ।

आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ ।