१ पुस, काठमाडौं । नेकपाभित्रको विवाद बढ्दै जाँदा स्थायी समिति बैठक वस्न सकेन । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्म बस्न नसकेको हो ।
बरु सहमतिको पहलस्वरुप बालुवाटारमा अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच पुनः छलफल सुरु भएको छ। यसअघि आजै दुई अध्यक्षबीच वान टु वान छलफल भएकोमा दोस्रो पटकको छलफलमा महासचिव विष्णु पौडेल लाई साक्षी राखिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिवसहित दुई अध्यक्षबीच छलफल सुरु भएको बताए । प्रधानमन्त्री ओलीले बुधबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा विवाद थप बढेको छ ।