ओली विना नै अघि वढ्यो नेकपा स्थायी कमिटी बैठक, अर्को वैठक मंसिर २८ गते बस्ने

Top Post राजनीति समाचार

५ मंसिर, काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक मंसिर २८ गतेसम्मको लागि स्थगित भएको छ ।

मंसिर २५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक भने पुस ५ गतेसम्मका लागि सरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

‘पार्टी एकता बचाएर लैजान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने र गृहकार्य गरेर मंसिर २८ गते स्थायी कमिटीको बैठक फेरि बस्नेछ,’ पौडेलले भने । बैठकमा प्रचण्डले लामो सम्बोधन गरेका थिए ।