कडा सुरक्षा विच नेकपा स्थायी कमिटी वैठक धुम्वराहिमा सुरू

Top Post राजनीति समाचार

२१ मंंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थितित भएनन्। हल सानो भएकाले कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री बैठकमा उपस्थित नभएको नेकपा उच्च स्रोतले जानकारी दियो।

स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।