वडाध्यक्ष श्रेष्ठको पहलमा स्वास्थ्य चौकीलाई सहयोग प्रदान

समाचार स्वास्थ्य

१८ मंसिर, गोरखा । सहिद लखन गाउपालीका वडा-७ बुङकोट स्वाथ्य चौकी लाई स्वास्थ्य सामाग्रीहरु सहयोग प्रदान भएको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रम वडा अध्क्षय एवम बुङकोट स्वाथ्य चौकी ब्यबस्थापन समितीको अध्क्षय शरण श्रेष्ठ र गाउपालीका अध्क्षय रमेश बाबु थापाको अध्यक्षतामा सम्पन्न भएको हो। सोही कार्यक्रममा कर्मचारीहरु,राजनितीक दल,बुदिजिवी,समाजसेबीहरु र महिला स्वयमसेवीकाहरुको उपस्थिती रहेको थियो।

वडाध्यक्ष शरण श्रेष्ठ र समाजसेवीहरूको पहलमा सोही स्वास्थ्य चौकि लाई करिव ६ लाख रूपैंया संकलन भएको थियो। संकलित रकमवाट स्वास्थ्य सामाग्रिहरू खरिद गरिएको वडाध्यक्ष श्रेष्ठले वताउनुभयो।

गाउँपालिका अध्यक्ष रमेश बाबू थापाका अनुसार, स्वास्थ्य चौकिलाई देश विदेशवाट सहयोग आइराखेको र गाउंपालिकाले पनि सहयोग गर्ने वताए। नेपालकै वडाहरू मध्य सोही वडालाइ नमुना वडाको रूपमा हेर्ने गरिएको छ।