२ लाख ७१ हजार नगद सहित गोरखा फुुजेल वाट ३ जुवाडे पक्राउ

समाचार

११ मंसिर, गोरखा । गोरखाको गण्डकी गाउँपालिका फुजेलबाट २ लाख ७१ हजार रुपैया सहित ३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार राती जिल्ला प्रहरी कार्यालय गोरखा खटिएको प्रहरी बिशेष टोलीले छापा मार्दा गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ बस्ने ४६ जनक भण्डारी, धादिङ जिल्ला ज्वालामुखी ३ घर भएका बर्ष ६३ खुम बहादुर अर्याल र वडा नम्बर २ का २२ बर्षका राजकुमार थापालाई जुवाको खालबाट रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयका डिएसपी खतिवडा कमाण्डमा गएको प्रहरी टोलीले घेरा हाली ५ जनालाई नियन्त्रणमा लिइएकोमा अनुसन्धानका क्रममा २ जना जुवा खेल्न संलग्न नभएको पाइएको पछि छोडिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीले सो क्षेत्रमा २ खालमा ठाउँमा जुवा खेलेको जानकारी आएको भएता पनि प्रहरी आएको थाहा पाउना साथ अर्का स्थानमा जुवा खेलेकाहरु भने पहिल्यै भागेको पाइएको डिएसपी खतिवडाले बताए । भागेकाहरुको पनि पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए। पक्राउ परेका सबैलाई जुवा ऐन अन्तरर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी १० दिनको म्याद थप गरिएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका भण्डारी पेशेवार जुवाडे भएको र उनकै घरमा जुवा खेली रहेको अवस्थामा पक्राउ गरीएको कार्यालयले जानकारी दिएको छ ।