काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिए

Top Post समाचार

७ मंसिर, काठमाडौं । काठमाडौं, भक्तपुर र धनुषाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । काठमाडौंमा काली पराजुलीलाई पठाइएको छ भने हाल कार्यरत जनकराज दाहाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा प्रेम भट्टराईलाई सरुवा गरिएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार सूर्य सुवेदीले बताए ।

भक्तपुरमा हाल कार्यरत सिडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा सरुवा भएको छ । गृह मन्त्रालयले धनुषाको प्रमुख जिल्ला अधिकारीमा बन्धु बाँस्तोलालाई सरुवा गरिएको छ।