७ मंसिर, काठमाडौं । अमेरिकी सेनामा कार्यरत गोरखा वुंकोटका एक युवाको गएराती कार दुर्घटनामा मृत्यू भएको छ ।
शहीदलखन गाउँपालिका ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ बर्षका सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यू भएको परिवार श्रोतले जानकारी दिएको छ ।
उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारीसाधनले ठक्कर दिएको थियो । टाउको र शरीर भित्र गम्भीर चोट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यू भएको मृतकका काका अमृत श्रेष्ठले बताए ।
श्रेष्ठ बिगत पाँचबर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीनबर्षअघि घरमा आएर फर्किएका थिए । अविवाहित श्रेष्ठको परिबारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन् ।