२६ कार्तिक, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बिहानै संखुवासभाको किमाथांका नाका अवलोकन गर्न गएका छन्। नेपाली सेनाको हेलिकोप्टरमा उनी किमाथांका नाकाको अवलोकनका लागि गएका हुन्। नेपाली सेनाको हेलिकोप्टर विहान साढे ७ बजे वालुवाटारस्थित प्रधानमन्त्री निवासमै ल्याण्ड गरेको थियो। प्रधानमन्त्री ओलीलाई लिन बिहानै एमआइ–१७ हेलिकोप्टर बालुवाटार पुगेको थियो स्रोतले जनायो।
प्रधानमन्त्री ओली, भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङ, राष्ट्रिय सभा बिधायन समितिका पर्शुराम मेगी गुरुङ, सासंद राजेन्द्रप्रसाद गौतम, प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य र चिकित्सक दिब्यासिंह सहितको टोली किमथाङका गएका हुन् । सो टोलीमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहित सुरक्षा अधिकारी रहेका छन्। प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङका नाकाको अवलोकन गर्ने कार्यक्रम रहेको छ।