२१ कार्तिक, पोखरा । बीमितको मृत्युपछि पीडित गुरूङ् परिवारलाई मृत्यु दाबी भुक्तानी भएको छ ।
सडक दुर्घटनावाट बीमितको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कर्पोशन (एलआईसी) नेपाल लिमिटेडले १४ लाख भन्दा बढि मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले गोरखा घर भई पोखरामा व्यवसाय गरि वस्ने दिपेन्द्र गुरूङको मुत्यु पश्चात उनको श्रीमती सन्सरी गुरूङ मार्फत १४ लाख ३५ हजार रुपैयाँ वरावरको चेक परिवारलाई हस्तान्तरण गरेको हो ।
गुरूङलेे ३ वर्ष अघि एलआईसि (नेपाल) लिमिटेड मार्फत १२ लाख वरावरको विमा गरेेेेको जनाईएको छ र मृतक दिपेन्द्रले श्रावण २१ गते सडक दुर्घटनावाट ज्यान गुमाएका थिए।
लेखनाथ शाखाका शाखा प्रवन्धक सन्जिव खनालका अनुसार एलआईसि (नेपाल) लिमिटेड लेखनाथ शाखाले एक कार्यक्रम आयोजना गरी मृतक गुरूङ् परिवारलाई बीमा दावी भुक्तानी गरेको हो ।
शाखा प्रवन्धक सन्जिव खनाल, एजेन्सि म्यानेजर रन्जना भण्डारी र प्रकाश राईभाट द्वारा विमित परिवारलाई एक कार्यक्रमको विच चेक प्रदान गरिएको थियो।