१६ कार्तिक, काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको बताएका छन् र संगै जान नसकिने ओलिको निष्कर्ष रहेको पनि वताए।
आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधामन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन्।
वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेब गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ खुमलटारमा आज भेला भएका थिए।
९ सदस्यीय सचिवालयमा ६ जना बिरलै मात्र एकै ठाउमा भेला हुन्छन्।