चितवनमा कोरोना संक्रमित २ पुरुषको मृत्यु

Headlines समाचार

१४ कात्तिक, चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । एक जना चितवनका र अर्का रुपन्देहीका पुरुषको मृत्यु भएको हो ।

चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।