बन्द भएको विद्यालय वडाध्यक्षको पहलमा संचालनमा आएपछि विद्यार्थीहरू खुसी

समाचार

३ कार्तिक, गोरखा । गोरखाको वुंकोट स्थित मकैपुरमा रहेको मकैपुर आधारभूत बिधालयमा बिधार्थी संख्या नपुगेपछि केहि बर्ष अघि बिधालय बन्द भयो । घरको आँगन मै रहेको बिधालय बन्द भएपछि साना विद्यार्थीलाई स्कुल जान समस्या भयो र आधा घण्टा हिंडेर विद्यालय जानुपर्ने बाध्यता रह्यो ।

बिधालय बन्द हुदा बालबालिकाले दुःख मात्र पाएनन् अभिभावकलाई चिन्ता थपियो । सामान्य अबस्था भन्दा पनि बर्खा र चैत–बैशाखको समयमा चल्ने हावाहुरी पानी परेका बेला घरबाट साना छोरीलाई हिडेर तल खाब्दी भन्ज्याङसम्म पठाएपछि घर नफर्कदासम्म त्यहाँका

अभिभावकले चिन्ता गर्नुपर्ने बाध्यता थियो । बन्द बिधालय खुल्ने नखुल्ने अन्यौलका बिच वडाध्यक्ष शरण श्रेष्ठको पहलमा चालु शैक्षिक सत्रदेखि त्यहाँ बिधार्थी संख्या पु¥याएर बिधालय सञ्चालनमा आएसगै बिधालयलाई बालमैत्री कक्षा सञ्चालनका लागि पहल सुरु भएको छ ।

गुणस्तरीय शिक्षा दिने प्रतिबद्धताका साथ पुनः सञ्चालन आएपछि बिधालयमा अहिलेसम्ममा २७ जना बालबालिका भर्ना भईसकेको छन् । भर्ना भएका बिधार्थीहरुका लागि आबश्यक पर्ने पोशाक, शैक्षिक सामग्री पनि वडाध्यक्ष श्रेष्ठ आफैले सहयोगी हातहरुको साथ लिएर निशुल्क उपलब्ध गराउनुभयो ।‘बिधाथीलाई आर्कषण गर्नका लागि इसिडी कक्षा थप व्यवस्थित बनाउन आबश्यक छ, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यसका लागि विद्यालयका लागि चाहिने कम्प्यूटर, फोटोकपी मेसिन स्पिकर, लगायतका सामाग्री पनि बिधालयलाई प्राप्त भईसकेको छ ।’

त्यस्तै बिधालयमा बालकक्षा र इसिडी कक्षामा बालिकाहरुलाई आबश्यक पर्ने टिभी गाउँपालिकाको वडा नम्बर ८ का वडाध्यक्ष काशीनाथ अम्गाईको समन्वयमा बिधालयलाई उपलब्ध गराइएको छ भने बालबालिका अध्ययन गर्ने इसिडी कक्षामा रङग लगाउने, कार्पेटिङ गर्ने लगाएका कार्यका लागि आबश्यक सामग्रीको ब्यवस्थापनमा बिधालयलाई हस्तान्तरण गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अम्गाईकै पहलमा बिधालयलाई आबश्यक पर्ने ३० थान प्लास्टिक कुर्सी समेत प्राप्त भएको उहाँले जानकारी दिनुभयो । बिधालय सञ्चालनका निम्ति हाल दक्षिण कोरियामा कार्यरत दाताहरूले सहयोग गर्नुभएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

यस अघि नै बिधालयमा भर्ना भएका बालबालिकाहरुलाई वडाध्यक्ष सहयोगी हातहरु मार्फत शैक्षिक सामग्री, सवैका लागि बिधालय पोशाक लगायत कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि स्वास्थ्य सामाग्री समेत बिधालयलाई उपलब्ध गराइ सकिएको बिधालयले जनाएको छ । बन्द भएको बिधालय सञ्चालन तथा व्यवस्थापनका लागि वडा कार्यालय रु ५ लाख रकम पनि बिनियोजन गरेको थियो ।