१ कार्तिक, तनहुँ । लायन्स क्लव अफ आँबुखैरेनी सिटी र लियो क्लव अफ आँबुखैरेनी सिटीले तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा निशुल्क मास्क बितरण सुरु गरेका छन् ।
घटस्थापनाको दिन देखि चारदिन सम्म आँबुखैरेनी चोकमा क्लवका सदस्यहरुले हेल्प डेक्स समेत राखेर निशुल्क मास्क बितरण थालेका छन्।
लायन्स क्लव अफ आँबुखैरेनी सिटीका अध्यक्ष शिव खनाल का अनुसार कोभिड १९ को प्रभावबाट सर्वसाधारण नागरिकलाई सचेत गराउँदै बजार क्षेत्रमा किनमेल गर्ने, सार्वजनिक सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क, सेनिटाईजर बितरण गरिएको वताए।
चारदिनसम्म निशुल्क उक्त सेवा चल्नेेछ। मास्क बितरणसँगै कोभिड १९ को प्रभावबाट बच्ने उपाए, ध्यान दिनुपर्ने तौर तरिका लगायतका बारेमा सन्देश पनि प्रशारण गरिएको अध्यक्ष खनालले जानकारी दिए ।
सामाजिक सेवा र उत्तरदायित्व बहन गर्दै लायन्स र लियो क्लव आँबुखैरेनीले बिभिन्न खालका सामाजिक काम गर्दै आएको छ ।