पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी

Top Post समाचार

२४ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ । आज शनिबार कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको उनले जानकारी दिएका छन् ।

‘गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो, त्यसक्रममा काठमाडौं बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ,’ उनले भनेका छन्, ‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वरोको महशुस भयो र आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको भर्खरै जानकारी पाएको छु।’

उनले आफूलाई हल्का ज्वोरोबाहेक अरु समस्या नदेखिएको जनाएका छन्।

‘केहि दिनयता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु। मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्रार्थी छु,’ मन्त्री भट्टराईले भनेका छन्, ‘होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो विकल्प छ र?’