७ असोज, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११७२ जनामा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ९ हजार ४४९ जनाको पिसीआर परीक्षण भएकामा ११७२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
प्रवक्ता डा गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ रहेको छ । गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै मृतकको कूल सङख्या ४२९ पुगेको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुुक्त भएर १८९३ जना घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण मुक्त भएर घर फर्किनेको सङ्ख्या ४९ हजार ९५४ जना रहेको छ । नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ७३.७ प्रतिशत छ । देशभरका क्वारेन्टिनमा आज सात हजार १०४ छन् ।