३ असोज, काठमाडौं । चिकित्सक डा. सन्दुक रुइटसहित यसबर्ष ५ सय ९४ जनालाई मानपदवी र अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषण गरिएको छ ।
चिकित्सक डा. सन्दुक रुइटलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) प्रदान गरिएको छ । न्यायाधीश दीपककुमार कार्की, अख्तियारका अवकाशप्राप्त प्रमुख आयुक्त नविन कुमार घिमिरे, प्रधान सेनापति पुर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्धितीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
अख्तियारका आयुक्त डा. गणेशराज जोशी, बनस्पतिविज्ञ डा. तीर्थ बहादुर श्रेष्ठ, सचिव केदार बहादुर अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, सशस्त्र प्रहरी बलका एआईजी पुष्पराम के।सी, शसस्त्रका अर्का उआईजी रामशरण पौडेल र नापीविज्ञ बुद्धि नारायण श्रेष्ठलाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) प्रदान गर्ने निर्णय गरिएको छ ।
सुप्रबल जनसेवा श्री (तृतीय) ८७ जनाले पाउने भएका छन् । कीर्तिमय राष्ट्रदीप ८ जना, प्रवल जनसेवा श्री २ सय ४२ जना, जनसेवा श्री १०४ जना र राष्ट्र यशोवद्र्धक २ जनाले पाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै, ‘नेपाल सेवा प्रविण’ समाजसेवी चन्द्र बहादुर पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवा रत्न ११ जना, परम पौरख भाष्टकर १२ जना, नेपाल प्रताप सुभूषण २४ जना र अतिपौरख भाष्कर विभुषणबाट २० जना विभुषित हुने भएका छन् ।
नेपाल प्रताप आभुषणबाट १४ जना र महापौरख भाष्कर १२ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।

