श्रमजीवी पत्रकारहरुको पक्षमा प्रेस संगठन नेपाल

समाचार

१९ भाद्र, काठमाडौं ।  प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले कोरोेना  महामारीको बेला ठुला मिडियाहरूले  श्रमजीवी पत्रकारहरुलाई विभिन्न बहानामा दिएको पीडाप्रति दुःख व्यक्त गरेको छ ।

प्रदेश कमिटीका संयोजक र सहसंयोजक नवराज दाहाल र प्रकाश सिलवालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै कोरोेनाको बहानामा रोजगारीको हक कुण्ठित हुनेगरी सेवाबाट हटाउने, आधा तलब दिने, काम गर्न वा नगर्न मनोवैज्ञानिक दवाव दिने दरवन्दी नै नभएका स्थानमा दुःख दिने नियतले सरुवा गर्ने, तोकिएको तलव र पारिश्रमिक समयमा नदिने प्रवृति बढेकोप्रति दुःख व्यक्त गरेका छन् ।