१६ भाद्र, काठमाडौं । काठमाडौं उपत्यकामा ४८१ सहित देशभर १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्लो २४ घण्टाको रिपोर्ट हो।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।