उपत्यकाका तीन सिडिओको बैठक बस्दै, निषेधाज्ञा लचिलो हुने संकेत

Headlines समाचार

१६ भाद्र, काठमाडौँ । कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ ।निषेधाज्ञाको समय पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थपिएको छ।

जारी निषेधाज्ञाको समय बढाउने/नबढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु भर्चुअल बैठक बस्दैछन् । मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने निर्णय हुनसक्ने बताइएको छ ।

निषेधाज्ञाले जनजिवन कष्टकर भएकोले निर्माण सामाग्रि सम्वन्धि क्षेत्र खुलाउने विषयमा छलफल हुंदैछ। ‘यस पटको निषेधाज्ञा केही लचिलो हुन्छ । निषेध गरिएका केही क्षेत्रलाई सञ्चालन गर्न दिनेबारे छलफल हुनेछ,’ ती प्रजिअले भने।