पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

Top Post समाचार

१३ भाद्र, पोखरा ।  पोखरामा आज थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचारत पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरुष आज मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

गत ७ भदौमा अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएको थियो । भोलिपल्ट नमूना संकलन गरिएकामा १० भदौमा कोरोनाको नतिजा पोजिटिभ आएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो । पश्चिमाञ्चल अस्पतालमा अहिलेसम्म ७ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा १२ जना कोरोना संक्रमित मृत्यु भएको छ ।