१३ भाद्र, पाल्पा । पाल्पामा १ कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
तानसेन नगरपालिका- ८ मदनपोखराकी ३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा शुक्रबार साँझ मृत्यु भएको हो ।
ती महिला ५ भदौमा स्वास्थ्य समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा ७ भदौमा उनको पीसीआर पोजिटिभ आएको थियो ।