विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

Top Post समाचार

१२ भाद्र, काठमाडौं ।  अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।

चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन्।

‘आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो’, चौधरीले लेखेका छन्, ‘मलाई कोरोना पोजेटिभ देखियो। तर मलाइ कुनै पनि लक्षण छैन।’

चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन्।