११ भाद्र, काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
काठमाण्डौको तार्केश्वर नगरपालिका वडा ११ नेपालटारमा बस्दै आएका अर्घाखाँचीको रेसुंगा नगरपालिकाका ५५ वर्षका पुरुषको गएराति ज्यान गएको अस्पतालले जनाएको छ ।
गएको आइतबार अस्पताल भर्ना भएका पुरुषमा मंगलबार कोरोना पुष्टि भएको थियो । उहाँको उपचारका क्रममा हिजो बेलुकी ज्यान गएको अस्पतालका प्रशासन प्रमुख अमिस पाठकले जानकारी दिनुभयो ।