प्रसूतिगृहमा आठ जनामा कोरोना संक्रमण पुष्टि, तीन चिकित्सक नै संक्रमित

Top Post समाचार

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित आठ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

यस्तै नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक/एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारीमा समेत संक्रमण भैसकेको छ ।

संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेशनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेशनमा रहेको उनले जनाइन्। अहिलेसम्म अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।

आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ। स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको अस्पतालले जनाएको छ।