नेकपा एमाले निर्वाचन आयोगमा दर्ता

Headlines राजनीति

३ भाद्र, काठमाडौं । नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेकपा एमाले दल दर्ता गर्ने निर्णय गरेको छ। आयोगले झापाकी सन्ध्या तिवारीको अध्यक्षमा दल दर्ताका लागि परेको निवेदनमा आवश्यक जाँबुझ गरेर नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ जानकारी दिए।

दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। दलको घोषणापत्र, विधान, दल गठनका लागि केन्द्रीय समितिको निर्णय र पाँच सयजना भन्दा बढी मतदाताको हस्ताक्षर प्रमाणि गरेपछि आयोगको बैठकले एमालेलाई दर्ता गरेको श्रेष्ठले जानकारी दिए।आयोगले मागअनुसार एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिएको छ।