कालिमाटी वृत्तका थुनुवामा कोरोना संक्रमण पुष्टि

Headlines समाचार

१ भाद्र, काठमाडौं । अनलाईन गेमिङ खेलाएको आरोपमा पक्राउ परेका थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ।

महानगरीय प्रहरी वृत्त, कालीमाटीले अनलाइन गेमिङ खेलाएको आरोपमा साउन १९ गते ५० वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको थियो।

उनीमाथि थप अनुसन्धान गर्न पहिले प्रहरीले कोरोना परीक्षण गराएको थियो।

उनमा आइतबार संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उनीसँगै थुनामा रहेका अन्य १३ जनाको पिसिआर परीक्षण गर्न आइतबार स्वाब झिकिएको थियो ।