२१ वुधवार, काठमाडौं । बुधबार काठमाडौं उपत्यकाकामा ६२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ५७ र ललितपुरका ५ जना छन्। उनीहरूको उपत्यकाका प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। मंगलबार पनि उपत्यकामा ६२ जना व्यक्तिमा संक्रमण देखिएको थियो।