१० साउन, गोरखा । गोरखामा शनिबार दुुई जना कोरोना संक्रमित थपिएका छन । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो ४ बजे विज्ञप्ती प्रकाशित गर्दै गोरखाका दुई जनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।
संक्रमण हुनेमा पालुंटार नगरपालिकाका २६ बर्षका एक पुरुष र भिमसेन थापा गाउँपालिकाका २७ बर्षकमा पुरुष रहेको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यस्तै शनिबार गोरखाका २ सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या एक हजार ३ सय ७२ पुगेकाे छ ।