सरकारको समीक्षा गरौं भन्दा सडकमा रोईलो किन?: सांसद अधिकारी

समाचार

२५ असार, काठमाडौं । संघिय सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हरिराज अधिकारीले स्थायी समितीकाे वैठकमा सरकारकाे समिक्षा गराै भन्दा सडकमा राेइलाे किन गरेको भन्दै प्रधानमन्त्रीले पार्टीको आन्तरिक समस्यामा शत्ताकाे दुरूपयाेग गरेको आरोप लगाएका छन् ।

जेठ २ गते र मङ्सिर ४ गतेका निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गर्नु पर्ने समेत उल्लेख गरेका छन्। प्रधानमन्त्री पार्टीले बनाएकाे भन्दै नेता अधिकारीले नयाँ नक्साकाे निर्णय ओली एक्लैले नभएर पार्टीको सामुहिक निर्णय भएको बताएका छन् ।

अन्य नेतालाई दलाल भनेर नारा लगाउनेहरूले पुस्टि गर्न सक्छन्, उनको प्रश्न छ।

संसाद अधिकारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा सङ्घीय अङ्गहरू किन कमजाेर छन् भन्दै आत्मकेन्द्रित अहङ्कारले आफुमात्रै सर्वज्ञाता भन्न सकिन्छ तर पुस्टि नहुने समेत बताएका छन्।

हेर्नुस् स्टाटस :