२३ असार, काठमाडौं । मंगलबार नेपालमा थप २ सय ४ जना कोरोनाबाट संक्रमित भएका छन्। उपत्यकामा २८ नयां संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यीसहित हालसम्म कुल संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ।