मन्त्रिपरिषद् बैठक बस्दै : नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी

Top Post समाचार

२३ असार, काठमाडौँ। सरकारले आज नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्तिको तयारी गरेको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बुधबारदेखि अवकाश पाउन लागेकाले नयाँ महानिरीक्षक नियुक्त गर्न लागिएको हो ।

दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । महानिरीक्षक नियुक्ति सम्बन्धि प्रस्ताव ल्याउन निर्देशन आएको गृह मन्त्रालय स्रोतले बतायो ।

आईजीद्वय शैलेश थापा क्षेत्री र हरि बहादुर पाल नेपाल प्रहरीको २८ औं महानिरीक्षकको प्रतिस्पर्धी हुन् ।

एआईजीमध्ये जसलाई पनि नियुक्त गर्न सक्ने प्रावधान प्रहरी नियमावलीमा छ । दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको तर एजेन्डा प्राप्त भइनसकेको कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले बताइन् ।