सोमबार थपिए कोरोनाका १ सय ८० संक्रमित

Top Post समाचार

२२ असार, काठमाडौं । सोमबार थप १ सय ८० जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८० जना संक्रमित थपिएका हुन्।

जसमा काठमाडौं जिल्लामा २४, भक्तपुरमा १० र ललितपुर जिल्लामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।