प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’

Top Post समाचार

२२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन् । यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक सुरक्षा रणनीति बनाएर ‘इन्टेलिजेन्स’ समूह परिचालन गरेका छन् ।

‘उहाँ (प्रधानमन्त्री) माथि ‘थ्रेट’ देखेका छौँ । उहाँका निर्धारित कार्यक्रमको सूचि हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन गर्छौँ’, सुरक्षा निकायका एक उच्च अधिकारीले भने ।

केही दिनअघि ओलीले आफूलाई पदबाट हटाउन देशी, विदेशी शक्ति सकृय भएको बताएका थिए । आजको अन्नपूर्ण पोष्टमा खवर छ।