ओली–दाहाल विच बालुवाटारमा तीनघण्टा छलफल

Top Post राजनीति

१९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र सहमति खोज्न अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बालुवाटारमा छलफल भएको छ । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत सहभागी थिए । विगतमा भएका सहमतिका साक्षीका रुपमा पौडेल र शर्मालाई राखिएको थियो । अध्यक्षद्धयबीच ३ घन्टा वार्ता भएको थियो ।
शुक्रबार दिउँसो साढे ११ बजेदेखि साढे २ बजेसम्म भएको छलफलबाट कुनै निष्कर्ष ननिस्केको र पुनः शनिबार छलफल गर्ने सहमति भएको बताइएको छ ।

दुई अध्यक्षबीचको छलफल सौहार्दपूर्ण रुपमा भएको र शनिबारको स्थायी समिति बैठक अघि फेरि बस्ने सल्लाह भएको कुरा सार्वजनिक भएको छ ।
नेकपाको स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ ।