४ असार, काठमाडौं । लकडाउन खुकुलो भएसँगै आवतजावत बढिरहेको छ। तर एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने व्यक्तिले कोरोना भाइरसको परीक्षण गराएर मात्र जानुपर्ने भन्ने हल्लाप्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘
‘कुनै पनि व्यक्ति बाहिर गएर आउँदा, यात्रा गर्दा सङ्क्रमण जोखिम हुन्छ नै तर यात्राबाट आउँदैमा परीक्षण गरेर आउनुपर्छ भन्ने मन्त्रालयको स्वास्थ्य निर्देशिकामा नभएकाले यस किसिमका कोही कसैको परीक्षण नगर्न÷नगराउन सम्बन्धित स्वास्थ्यकर्मी स्वास्थ्य संस्था र प्रयोगशालामा अनुरोध छ,’ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भने।
मन्त्रालयले ‘सम्बन्धित स्थानीय निकाय, घरबेटीलाई कोभिडको परीक्षण गर्ने सरकारको मापदण्ड छ’ जसलाई जहिले पनि परीक्षण गर्दा स्रोतसाधनको दुरुपयोग हुने भएकाले अत्यावश्यक कामबाहेक बाहिर नजान पनि अपिल गरेको छ।
जानै परेमा पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । यस्तै बाहिरबाट आउने व्यक्तिले आफैँ होम क्वारेन्टिनमा बस्नु उपयुक्त हुने र आफूलाई गाह्रो भएमा मात्र स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।