२ असार, काठमाडौं । सरकारले लकडाउन खुकुलो वनाएको छ तर यातायातमा भने केही नियम लगाएर खुला गरेको छ । लकडाउन खुकुलो भएपछि उपत्यकामा सवारी चाप वढेको छ। कतिपय चोकहरूमा सवारी जाम हुन थालेको छ।
सरकारि कार्यालयहरू, वैंक तथा वित्तीय संस्थाहरूमा सेवाग्राहीहरूको भिड वढ्न थालेको छ यद्यपि कार्यालयहरूले सामाजिक दुरि कायम गरेर सेवा दिन थालेका छन्। कार्यालय भित्र सामाजिक दुरि कायम गरे पनि बाहिर भने लामो लाईन छ जस्मा सामाजिक दुरि भने पालना भएको देखिदैन।
लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या पनि दिनानुदिन वढ्दो छ। हिजो मात्र काठमाडौंमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका थिए ।