४५१ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

Top Post समाचार

१ असार, काठमाडौँ । आज थप ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ ।

आज डिस्चार्ज हुने ६७ जनासहित डिस्चार्ज हुनेको संख्या १०४१ पुगेको छ ।